बेल्जियममा जनजाति महासंघको तदर्थ समिति गठन


नमस्ते नेपाली सम्वाददाता, बेल्जियम, ३० जेठ । नेपाली आदिवासी जनजाति संयुक्त संघर्ष समिति बेल्जियमको सोमबारको बैठकले आदिवासी जनजाति महासंघ, तदर्थ समिति बेल्जियमको गठन  गरेको छ  । बेल्जियममा रहेका विभिन्न जनजातिहरु र अन्य अग्रज नेपालीहरुको उपस्थितिमा नेपालको भावी संविधानमा आदिवासी जनजतिहरुको अधिकार प्राप्तिको लागि बेल्जियमवासी नेपाली जनजातिहरु जुटेर समिति गठन गरेको बताइएको छ ।  

पीजी शेर्पाको संयोजकत्वमा गठित तदर्थ समितिको सदस्य सचिवमा कुलबहादुर मगर रहेका छन् । समितिमा मगर संघ, तमु समाज, शेर्पा किदुक, संयुक्त किरात समाज, थारु समाज, पासा:पुच, तामाङ् समाज र थकाली समाजका प्रतिनिधिहरु सदस्य रहने छन् ।

यसैगरी सदस्यहरुमा रामबहादुर गुरुङ, मणी राइ, पदम गुरुङ, बाबुराजा लामा, जीत लामा, सागरदाश श्रेष्ठ र गमबहादुर गुरुङ पनि चयन भएका छन् । बैठकले तदर्थ समितिलाई ३ महिनाभित्र अधिवेशन गराउनुपर्ने जिम्मा दिएको छ । 

No comments: