काठमाण्डौ, ३२ जेठ (एजेन्सी) । युरोपेली फुटबल महासंघ युएफाले रुसविरुद्ध कारवाही गरेको छ । जारी युरोकप फुटबल प्रतियोगिता अन्तर्गत चेक गणतन्त्र र पोल्याण्ड विरुद्धको खेलमा रुसी समर्थकहरुले वितण्डता मच्चाएको कारण रुसी फुटबल संघ कारवाहीमा परेको हो ।
युएफाले रुसलाई युरोपीयन फुटबलको आगामी प्रतियोगितामा ६ अंक पेनाल्टी लगाउने भएको छ भने ९६ हजार पाउण्ड जरिवाना समेत तिर्नुपर्ने भएको छ । यो कारवाही जारी युरोकपमा लागु हुने छैन भने सन् २०१६ मा हुने युरोकप फुटबलको छनौट चरणमा रुसले पाएको अंकबाट ६ अंक घटाईनेछ ।
यसको मतलव अर्को युरोकपमा छनौट हुन रुसले छनौट चरणमा दोस्रो स्थानमा आउने राष्ट्रलाई कम्तीमा पनि ६ अंकले उछिनेर शीर्ष स्थान लिनुपर्नेछ ।
यसको मतलव अर्को युरोकपमा छनौट हुन रुसले छनौट चरणमा दोस्रो स्थानमा आउने राष्ट्रलाई कम्तीमा पनि ६ अंकले उछिनेर शीर्ष स्थान लिनुपर्नेछ ।
रुसको खेलको क्रममा रुसी समर्थकहरुले मैदानमा खेल चलीरहँदा विपक्षी गोलरक्षकलाई लक्षीत गरी आतीसवाजी गरेका थिए भने खेलपछि पोल्याण्ड र चेक गणतन्त्रका समर्थहरुमाथि हातपात समेत गरेका थिए । यसैगरी मैदानभित्र उग्रवादी राजनीतिक ब्यानर प्रदर्शन गरेको आरोप पनि रुसी समर्थकहरुमाथि लागेको छ ।
रुसले जारी युरोकपको पहिलो खेलमा चेक गणतन्त्रलाई ४-१ ले हराएको थियो भने दोस्रो खेलमा पोल्याण्डसँग एक एक गोलको बराबरी खेलेको थियो ।



No comments:
Post a Comment