गरिबीको अनुगमन गर्न हेलिकोप्टर चार्टर

काठमाण्डौं, ३१ जेठ । गरिबी निवारण कोषले हिडेर जान मिल्ने ठाउँमा समेत अनुगमन गर्न भन्दै हेलिकोप्टर चार्टर गरिहेको छ । हुम्लाको सिमकोटबाट पैदल एकदेखि दुई दिनसम्म लाग्ने स्थानमा हेलिकप्टर प्रयोग गरिएको हो ।

अनुगमनका लागि विभिन्न गाउँ जाने तयारी हुँदै गर्दा सोमबार साना ठूला राजनैतिक दलबीच विवाद भयो । हुम्लामा कोषले स्थानीय पाँच गैरसरकारी सस्थासँगको साझेदारीमा विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।

कोषले सिडिओ, एलडिओ, डिएसपीसाथै काँग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुखहरुलाई हेलिकप्टर चार्टर गरी गाउँ गाउँ लैजाने तयारी गरेपछि हेलिकप्टर प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएको हो ।

दलहरुकाबीच तिव्र विवाद भए पनि कोषले एकलाख रुपैयाँ तिरेर चार्टर गरेका फिस्टेल र सिम्रीकका दुई हेलिकप्टरमा सयर गर्दै सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र तीन राजनैकि दलका प्रमुखहरु गरिबीको अवस्था अनुगमन गर्न हुम्लाकै लिमी पुगेका हुन् । - नागरिक दैनिक

No comments: