उपत्यकाका डान्सबारमा काम गर्ने बालिकाहरु यौनजन्य क्रियाकलाप गर्न बाध्य


काठमाण्डौं, ३१ जेठ । काठमाण्डौं उपत्यकामा सञ्चालित रात्रीकालीन मनोरञ्जन व्यवसायमा १३ हजार बालिका संलग्न रहेको एक अध्यनले देखाएको छ । ती मध्ये अधिकांसले यौनजन्य क्रियाकलाप गर्न बाध्य भएको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को अध्ययनले देखाएको हो ।

बालश्रम विरुद्धको दिवसको अवसरमा आइएलओले सार्वजनिक गरेको पछिल्लो प्रतिबेदनमा क्याविन, रेस्टुरेन्ट, डान्सबार, दोहोरी रेस्टुरेन्ट र मसाज पार्लरमा काम गर्ने बालिकामध्ये अधिकांस यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य भएको देखाइएको छ ।
प्रतिवेदनमा मनोरञ्जन व्यवसायमा लागेका कामदारमध्ये करिव आधा संख्या १८ बर्ष भन्दा कम उमेरका रहेको छन् ।

अधिकांस बालिका पारिवारीक कारणले यस व्यवसायमा लागेको उल्लेख गरिएको छ । यस मध्ये पनि अधिकांस प्राथमिक तहमा अध्ययन गर्दा गर्दै घरबाट भागेको बालिकाहरु रहेको आइएलओले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आइएलओको न्युनतम उमेरसम्बन्धी महासन्धिले कुनै पनि व्यक्तिको रोजगारीमा संलग्न हुन पाउने न्युनतम उमेर १५ बर्षभन्दा कम हुन नमिल्ने उल्लेख गरेको छ । उक्त महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । - नयाँ पत्रिका दैनिक

No comments: