काठमाण्डौं, ३२ जेठ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि राखेको सातबुँदे लिखित प्रस्तावलाई उपाध्यक्ष मोहन बैद्यले अमूर्त भन्दै अस्वीकार गर्नुभएको छ । दाहालले एकताका लागि आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको र विगतमा भएको सहमतिको मर्म अनुसार सरकारको नेतृत्व परिवर्तन गर्न तयार रहेको उल्लेख गर्दै राखेको प्रस्तावलाई बैद्यपक्षले भने मंगलबारको छलफल जस्तै अस्पष्ट रहेको भनि अस्वीकार गरेको छ ।
आफ्नो विचारसमूहको छलफल पछि बैद्यले भन्नुभयो ‘हिजो (मंगलबार) गम्भिर छलफल गरेका थियौ, तर मूर्त हुन सकेन, त्यसैले मूर्तरुपमा लिखित प्रस्तावआएपछि छलफल गरौला भनेर छुटियो, तर आज (बुधबार) को प्रस्ताव पनि हदै दर्जाको अमूर्त छ । समस्या हल गर्ने ठंगले आएको थिएन् ।’
अध्यक्ष दाहालले असन्तुष्ट उपाध्यक्ष मोहन बैद्य समक्ष जनवादी क्रान्तिको कार्यदिशा नछाडेको भन्दै जनताको संघीय गणतन्त्र स्थापनामा एकजुट भएर अघि बढ्नुपर्ने भन्दै सात बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । - कान्तिपुर दैनिक



No comments:
Post a Comment