काठमाण्डौं, ३२ जेठ । भारतीय योगगुरु रामदेबको व्यावसायिक सञ्जालले अर्वैध रुपमा औषधि लगायतको कारोबार गरिरहेको फेला परेको छ । सञ्जालले हरिद्धारस्थित पतञ्जली आयुर्वेदका औषधि दर्ता नगरी कारोबार गर्नुका साथै शृंगार र खाद्यान्न समेत औषधि भनेर भित्र्याउने गरेको पाईएको छ । जसले राजश्व छलि भईरहेको छ ।
साढे पाँच बर्षअघि यहाँ दर्ता भएको पतञ्जली आयुर्वेद केन्द्रले २ शाखा र २५ सेवा केन्द्र मार्फत हरिद्धारमा उत्पादीत बस्तुको कारोबार गर्दछ । कम्तीमा २६ प्रकारका औषधि नेपालमा दर्ता नगरी बिक्री गरिरहेको छ ।
‘रामदेव सम्बद्ध दिव्य फार्मेसीका उत्पादन दर्ता भएपनि पतञ्जली आयुर्वेदका कुनै पनि औषधि दर्ता छैनन्,’ स्रोतले भन्यो ।मुलुकमा औषधिको कारोबार गर्न औषधि व्यवस्था विभागवाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । विभागका बरिष्ट फर्मासिस्ट पानबहादुर क्षत्रिका अनुसार उत्पादन कम्पनी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । - कान्तिपुर दैनिक




No comments:
Post a Comment