एसएलसीको नतिजा पाँच बजे आउँदै


भक्तपुर, ३१ जेष्ठ । यसवर्ष एसएलसी परीक्षाको नतिजा प्रकाशनका लागि अहिले बोर्ड बैठक जारी छ । बैठकमा शिक्षा सचिव, शिक्षा विभागका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका निर्देशकलगायतको उपस्थिति छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा बुधबार प्रकाशित गर्ने तयारी गरेको उप नियन्त्रक अम्विकाप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार दिउँसो ५ बजेसम्ममा नतिजा आउने छ ।

नतिजा प्रकाशित भएपछि हुन सक्ने सम्भावित घटना रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यसै बिषयमा छलफल गर्न मंगलबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी पनिकामा पुगेका थिए ।

'आज नतिजा सार्वजनिक गर्ने तयारी छ, सुरक्षा मजबुत बनाई दिनुपर्‍यो भनेका छन,' सुरक्षा निकायका एक अधिकारी भने । रुजु सकिएपछि कम्प्युटरमा सबै परीक्षार्थीको नम्बर ईन्ट्री गर्ने काम पनि अन्तिम चरणमा पुर्‍याइएको छ ।

यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन ।  

No comments: