काठमाण्डौ, ३१ जेठ । शान्ति र संबिधानका लागि भन्दै सगरमाथा आरोहणमा निस्किएको प्रचण्डपुत्र प्रकाशसहितको टोलीले सगरमाथा आरोहण गरेर संबिधान त ल्याउन सकेन नै, एक महिला सदस्यसँग प्रकाशको चक्करले टोलीभित्रै खैलाबैला मात्र मच्चायो ।
सगरमाथा आरोहणको पूर्वअभ्यासका क्रममा एलापिक हिमाल चढ्ढादेखि नै प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्वबियु सभापति बिना मगरवीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर सगरमाथा आरोहणका सदस्यका लागि टाउको दुखाईको बिषय बन्यो ।
पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति ब्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् ।आरोहण दलका एक सदस्यले बताएअनुसार आधार शिविर नपुग्दै दिङबोचेमा यिनीहरुले देखाएको चर्तिकला हेर्न नसकेर नदेखे झैं गर्नुपरेको थियो । जब यिनीहरु अरु सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो ।
प्रकाश र बिनालाई टेण्टभित्र अप्ठेरो अबस्थामा भेटाएपछि केहीअघिसम्म प्रचण्डको सुरक्षागार्ड रहेका सरदले चेतावनी दिएका थिए । तर त्यो घनिष्टता कुनै चेतावनीसामु झुक्ने कुरै थिएन । यति भएपछि सरद, टोली नेता कृष्ण केसी र जनमुक्ति सेनाका बृगेड कमाण्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए ।
बिनाको पालमा रहेकी इशु भट्ट स्वास्थ्यका कारण फर्किएपछि त उनीहरुवीच झनै अचाक्ली हुन थाल्यो । बिनाको टेण्टमा प्रकाशलाई निम्त्याउन थालियो । कहिले बिनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आबतजावत बढि नै हुन थालेपछि टोलीका तीनै जनाले उनीहरु दुवैलाई राखेर चेतावनी दिएका थिए । तर दुबैले ‘हैन-हैन, कहाँ त्यस्तो हुनु’ भन्दै कुरा टारेका थिए ।
पत्रिकामा समाचार आउन लागेको सुइंको पाएपछि प्रचण्ड पुत्र प्रकाशले फोन गरेर समाचार नछापिदिन आग्रह गरेका थिए । पुत्र प्रकाशले पहिलोपटक पोष्टबहादुर बोगटीको छोरीसँग बिबाह गरि पारपाचुके गरेका थिए भने दोस्रो बिहेबाट एक छोरा जन्माएका छन् । - जनआस्था साप्ताहिक



No comments:
Post a Comment