खासाका डान्सबारमा १ सय ५० भन्दा बढी नेपाली चेलीहरुमाथि यौनशोषण


काठमाण्डौं, ३० जेठ । पछिल्लो समयमा चीनको खासा बजारमा पनि नेपाली चेलीहरुको बेचिने क्रम बढेको छ । खासाबजारको मामफाली झुप्पा डान्सबारमा बेचिएका दुई नेपाली चेली भागेर नेपाल आएपछि यस्तो रहस्य खुलेको हो ।

खासामा बेचिएका काठमाण्डौंकी १७ वर्षीया संगीना श्रेष्ठ र सर्लाहीकी १५ वर्षीया समिता मगर (दुवैको नाम परिर्वतन) त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भएका हुन् । माइती नेपालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले खासामा नेपाली चेलीमाथि हुने यौन शोषणको दर्दनाक विवरण सुनाए छन् ।

उनीहरुले खासाका विभिन्न स्थानमा नेपालीले सञ्चालन गरेको डान्सबारमा १ सय ५० जना भन्दा बढी नेपाली चेलीहरुको यौनशोषण भइरहेको बताएका छन् । डान्सबासमा साँझ ६ बजेदेखि विहान ७ बजेसम्म जवरजस्ति यौनव्यवसाय गर्न बाध्य बनाईने पनि उनीहरुले बताएका छन् ।

सुरुमा १० हजार रुपैयाँ तलब पाए पनि पछि पैसा पाए भाग्छन् भनेर साहुले तलब नै नदिएको पनि गुनासो गरेका छन् । उनीहरुलाई आफ्नै साथीले खासामा राम्रो काम पाईन्छ पैसा पनि राम्रो कमाई हुन्छ भन्दै लगेको बताएका छन् । आफुहरुलाई लाने साथी अहिले भने सम्पर्क बाहिर रहेको भन्दै उनीहरुले यस्तो घटना दोहोरिन नदिन सरोकारवालासँग माग समेत गरेका छन् । - अन्नपूर्ण पोष्ट 

No comments: