लडाकुलाई जागिर दिन माओवादी दवावपछि औद्योगिक क्षेत्र आतंकित


काठमाण्डौं, ३० जेठ। सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले आफ्ना पूर्व लडाकुहरुलाई जागिर खुवाउन दवाव दिएपछि हेटौंडाका औद्योगिक प्रतिष्ठान र होटलका सञ्चालक आतंकित भएका छन् । बर्हिगमित तथा शिविरबाट फर्केका पूर्वलडाकुलाई रोजगारी दिन माओवादी निकट भातृ संगठनले औद्योगिक प्रतिष्ठानमा दवाव दिएका हुन् ।

उद्योग संघ हेटौंडा सम्बद्ध स्रोतका अनुसार माओवादीले पूर्वलडाकुमध्ये घाईतेलाई मासिक उपचार खर्च उपलब्ध गराउनुपर्ने, अन्यलाई रोजगारी दिनुपर्ने, र औद्योगिक प्रतिष्ठानको सेयर दिनुपर्ने माग गरेको छ ।
पछिल्लो समयमा विभिन्न शिविरबाट करिब १४ हजार माओवादी लडाकु बाहिरीएका छन् ।

आफुहरुले बम बनाउन र बन्दुक चलाउन मात्र जानेको भन्दै माओवादीले मानसिक त्रासमा राख्ने प्रयास गरेको गुनासो उद्योगहरुले गरेका छन् । यता रोजगारीका लागि आफुहरुले औद्योगिक प्रतिष्ठानमा प्रस्ताव गरेको माओवादीका मकवानपुर इन्चार्ज सोनामसिंह स्याङ्तानले स्वीकार गर्नुभएको छ । - अन्नपूर्ण पोष्ट

No comments: