नायिका जेसिका खड्काले आत्महत्या गरिन्, बालदीप राई प्रहरीको नियन्त्रणमा


काठमाडौ, ३० जेठ, नायिका जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन् । 

ईटहरीकी उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियाँमा प्रवेश गरेकी हुन् । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझा भिडियो काण्डमा मुछिएकी एक पात्र हुन् । राति साढे १२ बजेसम्मको फोन कल रेकर्ड देखिएको घटना स्थलमा रहेका प्रहरीले जानकारी गराएका छन् ।
दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्षे जेसिकाले सलले पासो लगाएकी हुन् । जेसिकाको साथमा उनको प्रेमी र भाई रहेका छन् । भाई सानो भएको कारण प्रहरीले केही घण्टा लाश बुझेको थिएन तर 'अचानक' भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछि प्रहरीले बिहान १० बजे पोष्ट मार्टमका लागि लाश बुझेको छ । पोष्टमार्टम टिचिङ हस्पिटल महारागंजमा गरिने छ । जेसिकाको बुवा दिउँसो २ बजे काठमाडौंआउदैछन् । त्यस पश्चात दाहसस्कारको कार्यक्रम गरिने बताईएको छ ।

बालदीप राई प्रहरीको नियन्त्रणमा 

प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । अन्तिम कल रेकर्ड उनीसंग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । - फिल्मीखबर

No comments: