पोखराका लक्ष्मणको कोरियामा मृत्यु


मनोज घर्तीमगर, पोखरा, जेठ ३० - पोखरा-१० रामबजारका लक्ष्मण गुरुङको कोरियाको सोङतान सिटीमा मृत्यु भएको छ । सन् १९९१ सालदेखि कोरियामा काम गर्दै आएका उनी सोमबार फलामको सरियामा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको कोरियाबाट दिपक राईले जानकारी दिएका छन् ।  

लक्ष्मणसँग काम गर्दै आएका दिपकका अनुसार घर बनाउनेमा काम गरिरहेका लक्ष्मण दिउँसो साढे चार बढेतिर ठूलो पानी परेपछि लुक्नलाई निर्माणधिन घरभित्र पसेका थिए । 


सुवन सिटीको हवास दोङमा बसोबास गर्दे आएका उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन् १९९१ मा कोरिया प्रवेश गरेका उनीसँग भिसा नभएको बताइएको छ ।

No comments: