एसएलसीको रिजल्ट सार्वजनिक,

परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन् ।
यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए ।

परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ । परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ । - नागरिक 

No comments: