मन्त्री र सचिवबीच सार्वजनिक समारोहमै चर्काचर्की


काठमाण्डौं, १ असार । ‘धार्मीक ग्रन्थ वेदभित्र के छ र कुन जातिले अध्ययन गर्ने हो ?’ यसको व्याख्या गरिदै गर्दा बिहीबार सार्जजनिक कार्यक्रममै वातावरण विज्ञान तथा प्रविधिमन्त्री र सचिव बीच चर्काचर्की नै पर्‍यो ।

कार्यक्रममा मन्त्री डा केशबमान शाक्यले वेदलाई ‘वेदनाको ग्रन्थ’ भन्दै ब्राम्हण जातिले मात्रै अध्ययन गर्ने’ टिप्पणी गरेपछि सचिव कृष्ण ज्ञवालीले कडा प्रतिवाद गदै खण्डन समेत गर्नुभएको छ । ‘विज्ञान पत्रकारिता सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मन्त्री शाक्यले वेदमा भनेको कसैको आन्तरीक वेदना पोखिएको पुस्तकमात्र भएको विज्ञान र दानको भण्डार मान्न नसकिने बताउनुभयो ।

तर, सचिव ज्ञवाली भने बेदलाई विज्ञान र ज्ञानको भण्डार भन्दै मन्त्रीको भनाईको खण्डन गर्नुभएको थियो । ‘वेद ब्राम्हणले मात्रै अध्ययन गर्ने पुस्तक हो’ मन्त्री शाक्यको टिप्पणी नसकिँदै सचिब ज्ञवालीले कड्कीदै भन्नुभयो ‘वेद ज्ञानको भण्डार हो र ज्ञान आर्जन गर्नका लागि जसले पनि पढ्न सक्छ ।

वेदको अपव्याख्या भएको भन्दै सचिव ज्ञवालीले एक पटक मन्त्री शाक्यलाई वेदको राम्रा अध्ययन गर्न पनि आग्रह गर्नुभएको छ । - राजधानी दैनिक

No comments: