कुकुरले खाइदिएको लिंग बन्यो ६ वर्षीय बालकको


काठमाण्डौं, २ असार । करिब साढे ६ बर्षअघि सात महिनाको उमेरमा कुकुरले टोकेर लिंग गुमाएका प्यूठानका एक बालकको विशेषज्ञ सर्जनहरुले शुक्रबार पुनः नयाँ लिंग बनाईदिएका छन् । कुनै दुर्घटनामा परेर लिंग गुमाएकाहरुका लागि यो शल्यक्रिया ठूलो आशाको किरण बनेको छ ।

सुष्मा कोइराला मेमोरियल हस्पिटलका प्लास्टिक तथा युरो सर्जन टोलीले ती बालकको लिंग लम्वाईसमेत बढ्ने गरी पूनर्निमाण गरिदिएको छ ।

घरमा सुतिरहेको अवस्थामा ती बालकको लिंग कुकुरले पूर्ण रुपमा खाईदिएको थियो । बालकका बुबा गिरबहादुर केसीले ज्यान जाने अवस्थामा अस्पतामा पुर्‍याएर बचाएको बताउनुभयो । बालकको लिंग भने रहेको थिएन । चिकित्सकका अनुसार विगत एक बर्षदेखि उनलाई पिसाब फेर्न समेत अप्ठेरो भईरहेको थियो । कक्षा एकमा अध्ययनरत उनी हालसम्म बसेर मात्र पिसाब फेर्न सक्थे ।

उपचारमा संलग्न प्लास्टिक सर्जन एवम अस्पतालका उपनिर्देशक सन्तोषविक्रम भण्डारी भन्नुहुन्छ -’यो सम्भवत आफ्नै तरिकाले गरेको पहिलो सल्यक्रिया हो, अझै दुई तीन पटक शल्यक्रिया गर्नुपर्ने हुनसक्छ, बालकले नियमित रुपमा लिंगको व्यायाम गर्नुपर्छ, उनको शरीरका अन्य भागमा रहेको मासु ल्याएर लिंग बनाएको हो ।’

करिव तीन घण्टा चलेको शल्यक्रियामा पहिले पिसाब आउने नलि तयार पारेको पनि भण्डारीले जानकारी दिनुभयो । ‘सम्बेदनशील सवै कुरा ठीक छ, पछि यौनसम्बन्धि प्रक्रिया पनि सुरु हुन्छ’ डा भण्डारीले भन्नुभयो ।

साढे ६ बर्षदेखि जिल्लाका विभिन्न स्थानमा उपचार गराईरहेका पीडितका परिवारले पनि आफूहरुलाई ठूलो राहत भएको र बच्चाको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

No comments: