काठमाण्डौं, ३१ जेठ । मनी ट्रान्सफरको नाम राखेर म्यानपावर एजेन्सीको काम गर्दै आएको काठमाण्डौं माछापोखरीस्थित कन्काई मनी ट्रान्सफरका सञ्चालक दुर्गा निरौलाले झण्डै ३ सय कामदारको १२ करोड रुपैयाँ ठगेर फरार भएका छन् ।
रोजगारीका लागि अफगानिस्तान पठाईदिने भन्दै सर्वसधारणसँग करोडौ रुपैयाँ अशुल गरी उनी फरार भएका हुन् । पिडित कामदारले बैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उक्त घटना बाहिर सार्वजनिक भएको छ ।
सञ्चालक निरौलाले भारतको बाटो हुँदै अफगानिस्तान पठाउने भन्दै ३ सयभन्दा बढी नेपाली कामदारसँग जनही ३ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको उजुरी परेको छ ।
गत फागुन २९ गते नेपालबाट अफगानिस्तान पठाउने भनी निरौलाले १ सय ८० कामदारलाई कञ्चनपुरको बनपासा सीमा हुँदै भारतको नयाँदिल्ली पुर्याएका थिए । तत्काल काम नभएको तथा केही समयपछि अफगानिस्तान पठाउन प्रक्रिया सुरु गर्ने आश्वासन दिएर निरौला काठमाण्डौं फर्किएका थिए । यहाँ आएर थप कामदारसँग रकम संकलन गरी उनी फरार रहेको उजुरीमा उल्लेख गरिएको छ । - कारोबार दैनिक



No comments:
Post a Comment