काठमाण्डौं, २ असार । एसएलसीमा फस्ट डिभिजन ल्याएकी रिंकी तामाङलाई दुई दिनदेखि खुसीले फुर्सदै थिएन् । तर, चकलेट बाँड्दै हिँडेका बेला जोरपाटीमा भएको दुर्घटनाले उनलाई बाँच्न पनि दिएन ।
रिंकी शुक्रबार साँझ पनि आफन्तलाई मिठाई दिएर मोटरसाईकलको पछाडी बसेर महांकालस्थित घर फर्कदै थिईन् । तर जोरपाटीमा खानेपानी बोक्ने ट्यांकरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो । मोटरसाईकल चालक शुभसिंह लामाको भने उपचार भईरहेको छ ।
एसएलसीमा फस्ट डिभिजनमा पास भएको खुसी सुनाउँदै जोरपाटीमा रहनुभएका आफ्ना काकालाई मिठाई बाँडेर फर्कदै गर्दा भएको सवारी दुर्घटनामा परी उनको ज्यान गएको छ । घटना लगत्तै स्थानियबासीले ठक्कर दिने ट्यांकरलाई जलाएका थिए । - नयाँ पत्रिका दैनिक



No comments:
Post a Comment